झूर झरी ! (फोटोफिचर)
चन्द्र राई
देशैभरि झरी परिरहेको छ । मौसमविद्हरु भन्छन– अहिले नै यो रोकिदैन् । झरीपछि आएको बाढी पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दो छ । अझ नदी किनारका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ । झरीपछि काठमाडौंको जनजीवन पनि अस्तव्यस्त बन्दै गएको छ । घरबस्ती डुबेका छन् । काठमाडौं भएर बग्ने नदीले ठूलो आकार लिएका छन् । कुनै नदी बस्तीमा प्रवेश गरेका छन् त कुनै तर्खरमा छन् । कामकाजीलाई पनि झरीले उत्तिक्कै असर पारेको छ । पैदलयात्रीको त झन् हरिविजोग नै छ । यातायात व्यवस्था अस्तव्यस्त छ । काठमाडौंका विभिन्न ठाउँका झरीसंगैका दृश्य ।
झरी