पोखरामा सात राउण्ड गोलीसहित पेन गन फेला

कास्की । पोखरामा पेन गन र त्यसमा लाग्ने सात राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोटका सागर रानाभाट छन् । उनी पोखरा ७, मासबारस्थित एक घरमा डेरा गरी बस्दै आएका थिए ।
उनी लागु औषध प्रयोगकर्ता र कारोबाही रहेको प्रहरीले जनाएको छ । कार्कीको साथमा फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की पनि प्रहरीको टोलीले बरामद गरेको छ ।