Technology अर्थ

आजबाट इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्ने

आजबाट इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्ने

काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरुले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए।  

भट्टका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको हो। सेवा प्रदायकले आफ्ना उपभोक्तालाई मूल्य वृद्धिबारे जानकारी गराइसकेको उनले बताए।

इन्टरनेटको शुल्क बढाए दुर्भाग्य हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन्। 'सेवा प्रदायकको माग पूरा हुने अवस्थामा छ' उनले भने 'दुई चार दिन धैर्य नगरी शुल्क बढाए सेवा प्रदायकका लागि दुर्भाग्य हुन्छ।' सरकारले अघिल्लो आर्थिक वर्षदेखि इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार शुल्क बढाउने निर्णय गरेको थियो। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

इन्टरनेट

विशेष