प्रहरी सहायक निरीक्षक बलात्कार आरोपमा पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय मकावनपुरमा कार्यरत एक प्रहरी सहायक निरीक्षक बलात्कार आरोपमा रौतहटबाट पक्राउ परेका छन ।
एक २० वर्षीय युवतीलाई गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा बोलाएर बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।
बारा जिल्ला महागढीमाई नगरपालिका घर भएका प्रहरी सहायक निरीक्षक साहलाई महोत्तरीमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबरजस्ती करणीको अभियोगमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।