आफ्नो जोडी, आफैं जाँच्नुस्
के तपाईंको आफ्नो प्रेयसीसंग सम्बन्धको तापक्रम त्यतिक्कै गरम छ, जतिखेर पहिलोपल्ट तपाईंले उनलाई चुम्बन गर्नुभएको थियो । शायद त्यो भन्दा राम्रो हुनसक्छ वा अत्यन्त खराव पनि । के प्रेमको पारो सेलाउँदै गएको महसूस गर्न थाल्नुभएको छ ? तलका दिएका प्रश्नको उत्तर खोजेर तपाईं आफ्नो वैवाहिक अवस्था थाहा पाउन सक्नुहुन्छ । तपाईंको एक्लो ठम्याई वा विश्लेषणले हुँदैन, त्यसमा तपाईंको पार्टनरको दृष्टिकोण पनि महत्वपूर्ण हुन्छ । आफ्नो पे्रमी या प्रेयसीसंगको सम्बन्ध कस्तो छ ? उत्तम, मध्यम या निम्नस्तर थाहा पाउनुस् ।
१. तपाईं प्रेमलाई कुन अर्थमा लिनुहुन्छ ?
क.उत्तेजनात्मक यौन जीवन
ख.प्रेम गर्दा कोही आफ्नो कोठामा पस्दा कमजोरी ठान्ने
ग.आफ्नो भन्दा अरु कसैको सुखप्रति ध्यान
२. कुनै कुरामा विवाद उठेमा तपाईं कति समयसम्म त्यसप्रति अप्रसन्न हुनुहुन्छ ?
क. केही मिनेट
ख. केही घण्टा
ग. एक दिन या बढी
३. वैवाहिक सम्बन्धमा बाँधिएपछि त्यस सम्बन्धलाई के ठान्नुहुन्छ ?
क. उनीहरुले एक अर्काको परिवारलाई समेत विवाह गर्दछन् ।
ख. उनीहरुका लागि यो बोनस हो ।
ग. यो दुईजनाको सम्बन्ध हो ।
४. तपाईं आफ्नो यौन सम्बन्ध कस्तो ठान्नुहुन्छ ?
क. सन्तोषजनक
ख. सनसनी र साहसपूर्ण
ग. निरस
५. तपाईंको पार्टनरले तपाईंसंगको यौन सम्बन्धलाई कस्तो रुपमा मूल्यांकन गरेको ठान्नुहुन्छ ?
क. सन्तोषजनक
ख. अत्यन्त राम्रो
ग. निरासलाग्दो
६. तलका मध्ये कुन विषयमा बढी रुचि राख्नुहुन्छ ?
क. पैसा
ख. साथीभाइ
ग. पार्टनरको परिवार
घ. पार्टनरको हाउभाउ
ङ. बालबच्चा
च. विदा
६. उनको, उसको ड्राइभिङ
७. तपाईं आफ्नो विवाहलाई कसरी हेर्नुहुन्छ ?
क. आफ्नो जीवनको सर्वाधिक निर्णायक क्षण
ख. महत्वपूर्ण समय
ग. तपाईं यसलाई ग्रहण गर्न वा छाड्न सक्नुहुन्छ
८. के तपाईं अविश्वासी हुनुभएको छ ?
क. कहिले पनि छैन्
ख. बराबर
ग. लामो समयसम्म प्रभाव पर्ने मामिलामा एक वा दुईपटक मात्र
९. तपाईं आफ्नो पार्टनरलाई खुशी पार्न कतिपटक उपहार किन्नु हुन्छ ?
क. एक वर्षमा एकपटक बढी
ख. वर्षमा एकपटक कम
ग. कहिले पनि किन्दिन
१०. मुख्य घरायसी सामान किन्दा निर्णय कसरी गर्नुहुन्छ ?
क. संयुक्त रुपमा
ख. तपाई आफैं
ग. तपाईंको पार्टनर
११. तपाईं वास्तवमा कतिपटक एकापसमा आफ्ना बालबालिका वा टेलिभिजन विना एक ठाउँमा बसेर कुराकानी गर्नुहुन्छ ?
क. हप्तामा कम्तिमा एक पटक
ख. हप्तामा एक पटक र महिनामा एक पटकको बीचमा
ग. महिनाको एक पटक भन्दा कम
घ. कहिल्यै पनि गर्दैन
१२. तपाईं आफ्नो सहधर्मिणीलाई के ठान्नुहुन्छ ?
क. आफ्नो सबभन्दा असल साथी
ख. दोस्रो सबभन्दा असल साथी
ग. एक साथी
घ. साथीजस्तो कहिल्यै पनि नठान्ने
१३. तपाईं यौन सम्पर्क कसरी राख्नुहुन्छ ?
क.सधैं एकै समय, एकै ठाउँमा र एकै किसिमको आसनमा
ख. एक वा दुई वा तीन विभिन्न समय, ठाउँ र आसनमा
ग. कुनै पनि बेला, कुनै पनि ठाउँ र जस्तोसुकै आसनमा
१४. तपाईं आफ्नो संगी अविश्वासी भएको विश्वस्त भएमा कस्तो अवस्थामा पुग्नुहुन्छ ?
क. सहिष्णु
ख. क्रूर र निर्दयी
ग. ईष्र्यालु
१५. घरायसी बाहेक तपाईंहरु दुवैको साझा इच्छा कतिवटा छ ?
क. कति पनि छैन्
ख. एक वा दुई
ग. दुईभन्दा बढी
१६. तपाईं बेलाबखत अन्यको पार्टनरसंग यौन सम्पर्क गर्ने कार्यलाई कस्तो ठान्नुहुन्छ ?
क. अनैतिक
ख. मोजमज्जा
ग. विवाहपछिको टनिक
घ. खतरनाक
१७. तपाईं रोमाञ्चक र तपाईंको पार्टनर संगीतमय कुरा मन पराउने भएमा तपाईं कुन ठाउँमा जानुहुन्छ ?
क. रोमाञ्चक र उत्तेजक स्थान
ख. संगीतमय
ग. ठाउँ रोजी रोजी
१८. तपाईंको पुराना साथीहरुमध्ये कतिजना तपाईंसंग अलग्गिएका छन् ?
क. कोही पनि छैनन्
ख. तीनजना सम्म
ग. तीनभन्दा बढी
१९. तपाईंसंग कसैले अविश्वासी पार्टनर बारे सल्लाह मागेमा तपाईं कस्तो सल्लाह दिनुहुन्छ ?
क. धैर्य धारण गर्ने
ख. पारपाचुके गर्ने
ग. सम्बन्धित पक्षको सहयोग र सल्लाह दिने
२०. तपाईं फेरि टीनएजर भए के गर्नुहुन्थ्यो ?
क. अहिलेकै पार्टनरलाई विवाह गर्ने
ख. अरु कसैलाई विवाह गर्ने
ग. एक्लै रहने
स्कोर
क ख ग घ
१. ५ ० १० –
२. १० ५ ० –
३. १० ५ ० –
४. ५ १० ० –
५. ५ १० ० –
६. १० ५ ० –
७. १० ५ ० –
८. १० ५ ० –
९. १५ १० ५ ०
१०. १० ५ ० –
०- ७५ तपाईंहरु दुवै अहिलेसम्म कसरी एकसाथ बसिरहनुभएको छ ? अल्छीपनाले या एक्लै भविष्यको चुनौती सामना गर्न कठिन हुन्छ भन्ने त्रासले ? सम्बन्ध विच्छेद या पारपाचुके भयो भने के गर्ने ? यो भयले पनि तपाईंभित्र ठूलो घर गरेको छ । तपाईं आफ्नो वैवाहिक सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने मनोविज्ञसंग सल्लाह लिन जरुरी छ । यस्तो अवस्थामा माथिका प्रश्नहरुको गम्भीर भएर उत्तर खोज्नुहोस् र स्कोरमा कुन पक्षले बढी अंक प्राप्त गरेको छ त्यसलाई आत्मसात् गर्नुस् । हुनसक्छ, त्यसले तपाईंमा केही सुधार ल्याउन सक्छ । आफ्नो सहधर्मिणीसंग खुलस्त आफूलाई लागेको कुरा भन्नुस् । सम्भव भएसम्म आफ्नो बानी बद्ल्ने प्रयाश गर्नुस् ।
८०–१५० तपाईंले राम्रो गरिरहनु भएको छ । वैवाहिक जीवनमा खासै त्यस्तो संकट देखिँदैन् । यसको मतलव कालान्तरमा संकटले नपछ्याउल्ला भन्न चाहिँ सकिन्न । वैवाहिक जीवन सुखद पार्न बीमाको रुपमा आफ्नो पार्टनरलाई केही समय दिन आवश्यक छ ।
१५५–२२५ तपाईंको वैवाहिक जीवन अत्यन्त सुखद छ । सहधर्मिणीसंग अत्यन्त सुमधुर सम्बन्ध छ । भाग्य र कर्मप्रति एकदम सन्तुष्ट हुनुहुन्छ ।
तपाईं आफ्नो परिणाम र नतिजाबाट मात्र ढुक्क नहुनुस् । माथिका प्रश्नबारे पार्टनरको अभिमत के छ, त्यसको कदर गर्नुस् । पत्नीको विचारमा सहभाव आएमा तपाईंको वैवाहिक जीवन हार्दिक रहेको प्रमाणित हुन्छ । यदि पत्नीको अलग धारणा आएमा आफूले आफैंलाई सुधार गर्नु आवश्यक छ ।
प्रेयसी यौन जीवन