अपराध सुरक्षा

घरमा कोही नभएकाबेला शौचालयमा करणी

घरमा कोही नभएकाबेला शौचालयमा करणी

ओखलढुंगामा एक ६५ वर्षीय बृद्धले १०  वर्षीया बालिकालाई शौचालयमै करणी गरेका छन् । बलात्कारको पोल खुलेपछि ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

स्थानीय १० वर्षीया बालिका बलात्कार गरेपछि स्थानीयवासी समेत आक्रोशित भएका छन् । चिशंखुगढी गाउँपालिका ६, भदौरेका मगरले घरमा कोही नभएका बेला शौचालयमा लगी बलात्कार गरेका थिए । 

बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेका हुन् । 

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको छ । 
 

विशेष