बाढी पीडितको मन जित्दै डा. केसी

डा. गोविन्द केसी रौतहटमा सरकारका कार्यकारी प्रमुख सहित महत्वपूर्ण नेताहरु बाढीपीडितप्रति वक्तव्य निकालेर सहानुभूति देखाइरहेका बेला सत्तारुढहरुका नजरमा विझाइरहने पात्र प्रा.डा. गोविन्द केसी यतिबेला घामपानी नभनी बाढीपीडितको उपचारमा व्यस्त छन् ।
आफ्नै खर्चमा किनिएको औषधिसहितका सामग्री लिएर उनी सार्वजनिक यातायात चढेर रौतहट पुगेका हुन् । बाढीले क्षति पु¥याएको खबर सुन्नासाथ उनी त्यसतर्फ लागेका हुन् । डा. केसीको मानवीय उच्च सेवाको बाढीपीडितहरुले उच्च प्रशंसा गरेका छन् ।
केन्द्र सरकार हवाई निरीक्षण, प्रदेश सरकार र स्थानीय निकाय यतिबेला आर्थिक वर्षको नाफा घाटा मिलाउन व्यस्त भएको अवस्थामा डा. केसीको सेवाभावले पीडितहरुलाई राहत दिएको छ । डा. केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा बसेर सेवा दिइरहेका छन् । एकातिर गर्मी मौसम, अर्कातिर बाढीको प्रकोप रहेको अवस्थामा सरकारका कुनै पनि निकायले स्वास्थ्य शिविर चलाएका छैनन् ।
देशका दुई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपाल नेतृत्वको टोली हवाई र स्थल अवलोकनको औपचारिकता पूरा गरेर फर्किसकेका छन् । राहत सामग्री विना पीडित माझ जाँदा विरोध हुन्छ भनेर उनीहरु बाढी पीडितलाई नभेटी फर्केका थिए ।
डा. गोविन्द केसी बाढीपीडित