१८ वर्षीया किशोरीमाथि ४ दिनदेखि जबर्जस्ती करणी
काठमाडौँ । एक १८ वर्षीया किशोरीमाथि ४ दिनदेखि तीन जनाले जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ललितपुरकी एक १८ वर्षीया किशोरीलाई ३ जनाले ४ दिनदेखि जबर्जस्ती करणी गरेका थिए ।
पक्राउ पर्नेमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका–३ घर भएका २७ वर्षीय टेकलाल गिरी, सोही ठाउँका ४५ वर्षीय कुमार खड्गी र काठमाडौंको भिमसेनगोला बस्ने ४३ वर्षीय बखतबहादुर माझी छन् । उनीलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।