अपराध सुरक्षा

कम्मरमा टेपले बेरी सुन लुकाएर ल्याउन मध्यरात प्रहरीको फन्दामा

कम्मरमा टेपले बेरी सुन लुकाएर ल्याउन मध्यरात प्रहरीको फन्दामा


काठमाडौँ । कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी लुकाएर दुई किलो सुन ल्याउने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ छिर्ने प्रमुख नाका नागढुंगा नाकाबाट प्रहरीले चन्द्रागिरि नगरपालिका–२  रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याप्रुबसी घर भएका १७ वर्षीय मिन बहादुर तामाङलाई पक्राउ गरेको हो ।

 

तामाङले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बस चेकजाँच गर्ने क्रममा कम्मरमा टेपले बाँधेर सुन ल्याउँदै गर्दा भेटेको थियो । यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

विशेष