आमाकै अगाडि छोरीको बलात्कार
धनुषा । धनुषामा एक आमाले आफ्नै छोरीको बलात्कार गराएकी छिन् । आफूले यौनसम्पर्क राख्दै आएको युवकसँग आमाले छोरीलाई पनि यौनसम्पर्क गराएकी हुन् । जिल्लाको भंगहा नागरपालिकी एक आमाले स्थानीय ४० वर्षका पुरुषलाई आफ्नी १२ वर्षीया छोरीको बलात्कार गराएकी हुन् ।
रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भन्दै भारतको दिल्ली पुर्याएर स्थानीय ४० वर्षीय सीताराम महतोलाई १५ दिनसम्म बलात्कार गराएकी थिइन् । महतोसँग आमाले अनैतिक सम्बन्ध राख्ने गरेकाले आफूलाई पनि बलात्कार गराएको पीडित बालिकाले बताएकी छिन् ।
दलित समुदायकी ती बालिकालाई आमाकै अगाडि महतोले दैनिक बलात्कार गरेपनि आमा चुपचाप बस्थिन । प्रतिकार गरे उल्टै आफूलाई गाली गरेर मारिदिने धम्की दिने गरेको पीडित बालिकाले बताएकी छिन् ।