अर्थ

जापानबाट ६३ करोड ९९ लाख अनुदान सहयोग

जापानबाट ६३ करोड ९९ लाख अनुदान सहयोग


काठमाडौँ । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई ६३ करोड ९९ लाख रुपैयाँ अनुदान दिने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षर भयो ।

सम्झौता पत्रमा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा राजदूत साइगोले  ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्ने नेपाल सरकारले लिएको उद्देश्य हासिल गर्न सहयोग गर्न पाएकोमा जापान सरकारले गौरव गर्ने बताउनुभयो ।

सम्झौता कार्यान्वयनका लागि सोमबारै जापान अन्तर्राष्ट्रिय सहयोग नियाग (जाईका)का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर भएको छ । 

विशेष