अर्थ

नेपाल भारत सन्धिसम्झौता समयमै परिमार्जन हुनुपर्छ : प्रधानमन्त्री 

नेपाल भारत सन्धिसम्झौता समयमै परिमार्जन हुनुपर्छ : प्रधानमन्त्री 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत बीच व्यापारसम्बन्धी सन्धिसम्झौता समयमैँ परिमार्जन हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्याेग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आज  प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले  भारतसँग नेपालको उच्च व्यापार घाटा रहेकाले व्यापार सन्तुलित हुनुपर्ने बताउनुभयो । 

नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै भन्नुभएको छ “ हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ भन्ने धारणा व्यक्त गर्नु भएको छ । ”


प्रधानमन्त्री ओलीले भन्नुभयो “व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ । ”

 प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्नुभयाे । “ हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 


प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको दुई पक्षीय सम्बन्ध सडक सञ्जाल नै रहेको भन्दै रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम गरिरहेको जानकारी दिनुभयो । 

काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उहाँले नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेकोले भारतसँगको व्यापारको भूमिका महत्वूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलानले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको भन्दै पेट्रोलियम पाइपलाइनबाट नेपालको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पारवहनसम्बन्धी समस्या समाधानका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । 

सन्धिसम्झौता नेपाल भारत प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलन

विशेष