अर्थ

नेपालमा बढी रेमिट्यान्स अमेरिकाबाट

नेपालमा बढी रेमिट्यान्स अमेरिकाबाट

काठमाडौं । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५–७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी) का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि  त्यसको प्रभाव रेमिट्यान्समा परेको हो ।

 

नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन् । यो सुविधा अन्तर्गत उनीहरुले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन् । 

 

राष्ट्र बैंकको गत आवको ११ महिना (साउन–जेठ) को तथ्यांकअनुसार बढी रेमिट्यान्स आउने मुलुकमा अमेरिकापछि दोस्रोमा भारत छ । भारतमा काम गर्ने नेपालीको तथ्यांक छैन । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

डीभी रेमिट्यान्स अमेरिका

विशेष