पर्यटन

भिजिट नेपाल सफल पार्न २० लाख खर्चेर पदाधिकारी युरोप भ्रमणमा

भिजिट नेपाल सफल पार्न २० लाख खर्चेर पदाधिकारी युरोप भ्रमणमा

काठमाडौं । भिजिट नेपाल–२०२० का लागि छुट्टयाइएको बजेट सिध्याउन विदेश भ्रमणको तारताम्य प्रारम्भ भएको छ । भिजिट नेपाल– २०२० लाई प्रबद्र्धन गर्ने नाममा विदेश जाने क्रम सुरु भएको छ ।

भिजिन नेपाल–२०२० लाई प्रबद्र्धन गर्ने भनि मंगलबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, भिजिट  नेपालका राष्ट्रिय संयोजक सुरज वैद्य र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी इटाली उडेका छन् । उनीहरु इटालीमा रहेका गैरआवासीय नेपालीहरुको निम्तोमा भिजिट नेपाल–२०२० सचिवालयले २० लाख रुपैयाँ छुट्टयाएको थियो । 

इटालीमा रहेका गैरआवासी नेपालीहरुले सो कार्यmत्रमको आयोजना गरे पनि त्यसले पर्यटन प्रबद्र्धनामा खासै सहयोग नपुर्याउने बताइन्छ । इटालीमा रहेका नेपालीहरुबीच कायक्रम राखेर त्यसले इटालीका नागरिकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित नगर्ने बताइन थालिएको छ । 
बुधबार साप्ताहिकबाट 

विशेष