अपराध सुरक्षा

पूर्व प्रहरी प्रमुख ठकुरी जेल चलान

पूर्व प्रहरी प्रमुख ठकुरी जेल चलान

सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका पूर्वप्रहरी प्रमुख रमेश चन्द ठकुरीलाई  फैसला कार्यान्वयनका लागि डिल्लीबजारस्थित कारागार चलान गरिएको छ।

 संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको बन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले पूर्वआइजीपी ठकुरीलाई जेल सजायको फैसला सुनाएको थियो ।

अदालतले जेल सजायको फैसला सुनाएको दुई वर्ष भइसक्दा पनि ठकुरी फरार थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सुडान घोटाला प्रकरणमा ठकुरीसहित पूर्वआइजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङलगायत उच्च प्रहरी अधिकृतहरुलाई दोषी ठहर गरेको थियो । ठकुरीबाहेक अन्य दोषी जेल जीवन भुक्तान गरिरहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६८ साल जेठ २४ गते शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको बन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो।

सर्वोच्च अदालत

विशेष