अपराध सुरक्षा

एमबिबिएस अध्ययनरत विद्यार्थीको चक्कु प्रहारबाट तीन घाइते

एमबिबिएस अध्ययनरत विद्यार्थीको चक्कु प्रहारबाट तीन घाइते

पर्सा : चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एमबिबिएस अध्ययनरत विद्यार्थी छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन्।

पर्सा वीरजञ्ज महानगरपालिका १५ त्रिमूर्ति चोकस्थित डेरा गरी बस्ने तीन जनालाई एमबिबिएस अध्ययनरत अरवीन्द्र सहनीले चक्कु प्रहार गरेका थिए। घाइते तीनजनाको अहिले नेशनल मेडिकल कलेज वीरगञ्ज भइरहेको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट वीरगञ्ज महानगरपालिका १५ त्रिमुर्ती चोक बस्ने ६० वर्षीया मिनादेवी रौनियार, उनकी छोरी १५ वर्षीया चाँदनी देवी रौनियारको हातमा चोट लागेको छ भने उनकै छोरा २८ वर्षीय एमबिबिएस अध्ययनरत रंजीतप्रसाद रौनियारको पेटमा चोट लागेको छ।

चक्कु प्रहार गरी फरार रहेका सहनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चक्कु प्रहार

विशेष