यौन-शिक्षा

समभावले बन्छ यौन जीवन सफल    

समभावले बन्छ यौन जीवन सफल    

विवाह र असल यौन सम्पर्क परस्पर विरोधी पक्ष हुन् । विवाहित पुरुष तथा महिलाबीचको यौन सम्बन्ध वास्तवमै सौम्य र उत्साहहीन हुन्छ भन्ने के सत्य हो ? हुनसक्छ केही दम्पतीको लागि कहिलेकाहीँ । तर मनोविज्ञानवेत्ता तथा यौन चिकित्सकको १६ वर्षको अनुभवबाट यसको विपरित धारणा आएको छ । विभिन्न सर्वेक्षणको आधारमा हेर्ने हो भने धेरैजसो मानिसले विभिन्न आसन र लामो सम्बन्धका क्रममा बराबर र एकअर्कालाई सन्तोष हुने गरी यौन सम्पर्क राख्ने विधि अपनाउँछन् । 

सवै दम्पती यौन सम्बन्धका विषयमा भाग्यशाली हुँदैनन् । धेरैको पट्यारलाग्दो यौनजीवन हुनसक्छ । तर उनीहरुलाई सुखी यौन जीवन बिताउन मद्दत गर्न सकिन्छ । उनीहरुले यौन सम्पर्कमा सन्तुष्ट दम्पतीका अनुभवबाट समेत आफ्नो यौन जीवन सुखद् बनाउन सक्छन् । यौन सम्बन्धमा सुखी जीवन विताउने दम्पतीहरुले के गर्छन् त ? सुखी यौन जीवन विताउने दम्पतीले यौनलाई समेत प्राथमिकता दिन्छन् । उनीहरु यसलाई आफ्नो सम्बन्धको अत्यन्त महत्वपूर्ण पक्ष ठान्छन् । 

सम्भव भएसम्म आफ्नो यौन जीवन सुखमय पार्न विभिन्न प्रयास जारी राख्छन् । त्यस्ता दम्पती रातिको खाना अबेला खाने मात्र गर्दैनन, कामका लागि कतै जानुपर्दा ढिलो पुग्छन् । उनीहरुले आफ्ना बालबच्चा, साथीभाइ, आमाको उपस्थिति नभएको ठाउँमा एक्लै विदा मनाउन सक्दछन् । त्यस्ता दम्पतीले आफ्नो यौन गोप्यता संरक्षित गर्न लामो समयसम्म आफ्नो निबासमा कुनै पाहुना आएर बसेको मन पराउँदैनन् । 

सुखी यौन जीवनका लागि दुवैले यौन सम्पर्कको समय योजना गर्दछन् । यसबाट दुवैले यौन सम्बन्धलाई उच्च प्राथमिकता दिन्छन् भन्ने प्रष्ट हुन्छ । त्यस्तो दम्पतीले निर्धारित समयमा मात्र होइन, एकापसको यौन तृप्तिको लागि कुनै पनि समय निकाल्न सक्दछन् । यतिमात्र हैन, भावनात्मक रुपले उनीहरु सधैं अत्यन्त घनिष्ठ रहन्छन् । एकअर्काको संरक्षण गर्नु कर्तव्य ठान्छन् । एकापसमा विचार आदानप्रदान गर्दछन् । यसबाट उनीहरुको यौन जीवन सुखद छ भन्ने निष्कर्ष निकाल्दा हुन्छ ।

सम्बन्ध घनिष्ठ नहुँदा, दुवैले एक्लै समय विताउने गर्दा यौन सम्बन्धमा चिसोपना आउन थाल्दछ । प्रत्येक मानिसबीच सम्बन्धमा उतारचढाव भइरहन्छ । यौन सम्पर्कका दृष्टिले सन्तुष्ट दम्पती कहिलेकाहीँ झगडा गर्न सक्दछन् । तर उनीहरु चाँडै मेलमिलाप गर्न सक्षम हुन्छन् । सुखी यौन जीवन विताउने दम्पतीले आफ्नो सम्बन्ध लामो समयसम्म चिसो पार्न चाहँदैनन् । उनीहरु संवेदनशील हुन्छन् । हात समात्दा, चुम्बन गर्दा, आलिंगन गर्दा प्रेम र उत्तेजना सञ्चार भइरहेको अनुभव गर्छन् । धेरै दिनसम्म यौन शारीरिक सम्पर्क नभएका, अंकमाल नगर्ने वा चुम्बन नगर्ने पति वा पत्नीमा एकै पटक यौन सम्पर्क राख्दा त्यस्तो उत्तेजना अनुभूति हुँदैन् । 

‘सेक्सी’ दम्पतीले कोमलता र एक अर्कालाई ध्यान दिँदा आफ्नो यौन जीवन सुखी हुने ठान्दछन् । उनीहरु आपसी प्रलोभनमा विश्वास राख्दछन् । एकापसमा व्यूटीफूल या ह्याण्डसमको विशेषण दिएर बारम्बार उत्साही बनाइ रहन्छन् । तिनीहरु यदाकदा मैनबत्ती बालेर मधुरो वातावरणमा खाना खान्छन् । दुवैले एकापसका जन्मदिन, विवाह वर्षगाँठ र अन्य कुनै घटना सम्झिरहन्छन् । त्यस्तो अवसरमा कुनै आश्चर्यको उपहार आदान प्रदान गर्दछन् ।

एक पुरुषले एकदिन आफ्नो पत्नीको अक्षरमा तर हस्ताक्षर नगरिएको पत्र आफ्नो कार्यालयमा पाए, त्यसमा लेखिएको थियो– ‘सुन्दर पुरुष यदि तिमी भव्य कामबासनाको रात विताउन चाहन्छौ भने मलाई बेलुकी ८ बजे होटलमा भेट ।’ त्यो चिठीसंगै कोठाको साँचो पनि राखिएको थियो । त्यसपछि त्यो पुरुषले बढी काम गरेन तर भव्य कामबासनाको रात विताउन पुग्यो । यसरी उनीहरु आफ्नो यौनाकांक्षा जीवित राख्दछन् । 

सुखी यौन जीवन राख्ने दम्पतीले यौनलाई त्यति गम्भीर रुपमा लिँदैनन् तर विछ्यौनामा रहँदा हाँस्नु यौन जीवनका लागि उपयुक्त ठान्दछन् । यस्ता दम्पती कहिलेकाहीँ बालबालिकाजस्तो व्यवहार पनि गर्दछन् । यौन सम्पर्क कसरी राख्ने भन्ने विषयमा उनीहरुको कुनै खास नियम नहुन पनि सक्छ । बुढाबुढी हुँदै गएपछि उनीहरु दुखसुखका कुरा गर्छन् । 

यौन विशेषज्ञहरु पुरुष तथा महिलाबीच कुराकानी गर्ने तरिका र यौन सन्तुष्टिबीच अन्तरसम्बन्ध हुने दावी गर्छन् । यसको तात्पर्य यो होइन कि राम्रो यौन सम्बन्ध भएका दम्पती सधैं ‘सेक्स’का बारेमा कुरा गर्छन् । यसको अर्थ हो– उनीहरु आवश्यकता बुझ्ने गरी यौन सम्पर्कको कुरा गर्छन् । उनीहरु यसरी पनि कुरा गर्छन– ‘जब तिमी त्यहाँ छुन्छौ, म त्यो चाहन्छु .....।’

यौनका दृष्टिले सन्तुष्ट दम्पतीहरुले एकापसका यौन आकांक्ष तथा यौन दृष्टिकोणबारे खुलेर कुरा गर्छन् । सवै दम्पतीका हकमा यो लागू नहुन पनि सक्छ । तर धेरैले गोप्य किसिमका विचार आदान प्रदान आफ्ना यौन जीवनका लागि मसलासरह हुने ठान्दछन् । आमाबाबु भएपछि पनि उनीहरुको दैनिकी प्रेमी प्रेमिकाजस्तै बनेर बितिरहेको हुन्छ । 

एक अध्ययनअनुसार पहिलो बच्चाको जन्म भएपछि पति, पत्नीबीच यौन इच्छा र सन्तुष्टि घट्दै जान सक्छ । तथापि असल यौन सम्बन्ध भएका दम्पतीले आफ्नो जीवनमा खलल पर्न दिन चाहँदैनन् । उनीहरु आफ्ना बालबालिकालाई कुनै पनि बेला आफ्नो बेडरुममा आउने अनुमति दिँदैनन् । उनीहरु उत्साहप्रद, सुस्त र उत्तेजनात्मक यौन सम्बन्धका लागि आफ्ना साना बच्चा भए उनीहरुलाई ‘बेबी सिटर’मा छाड्छन् । 

माथिका बुँदाबाट तपाईंको दाम्पत्य जीवन यौन दृष्टिले सुखद छैन भने धेरै कुरा सिक्न सक्नुहुन्छ । यौन दृष्टिले सन्तुष्ट दम्पतीहरुको सबैभन्दा ठूलो गोप्यता भनेको उनीहरुको कुनै कुरा गोप्य राख्न चाहँदैनन् । कोही आफ्नो यौन जीवनप्रति सन्तुष्ट छैन भने माथिका विचार ध्यानमा राखेर त्द्नुरुप व्यवहार गरेमा स्थितिमा सुधार आउन सक्नेछ । 

के लामो सम्बन्ध अर्थात वैवाहिक जीवनमा पनि यौन आकांक्षा प्रवल रहिरहन सक्छ ? पति वा पत्नीले यौन सम्पर्कको चाह बढाउन नौला नौला उपायको खोजी गरिरहनु पर्छ । विवाह गरेपछि अरु केटा वा केटीलाई मात्र सुन्दर र राम्रो देख्ने प्रवृत्ति त्यागेर पति पत्नीले एकापसमा स्नेह बढाउन उत्तेजना कायम राख्न र प्रेमपूर्ण व्यवहार गरेमा सबैको यौन जीवन सफल हुनसक्छ । 
 
 

यौन सम्पर्क

विशेष