अर्थ

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाडौं : आइतबार सुन र चाँदीको भाउ घटेको छ। साताको पहिलो दिन सुनको भाउ प्रतितोला ५०० रुपैयाँ गिरावट आएको हो।

शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजावी सुन ६४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी आइतबार तोलामा ७२० रुपैयाँमा कारोबार भएको छ भने शुक्रबार चाँदी तोलामा ७३० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदी

विशेष