अपराध सुरक्षा

बलात्कार आरोपमा बैंकका प्रबन्धक पक्राउ

बलात्कार आरोपमा बैंकका प्रबन्धक पक्राउ

मोरङ । विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । बलात्कार आरोपमा धनपालथान गाउँपालिका–४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोला पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी मोरङले पक्राउ गरेको हो ।

 

प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले ४ लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा करणी गरेको खुलेको छ । पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७ बाट पक्राउ गरी जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए ।

बलात्कार पक्राउ मोरङ नेपाल बंगलादेश बैंक

विशेष