अपराध सुरक्षा

सिक्री लुटने गिरोह पक्राउ

सिक्री लुटने गिरोह पक्राउ

काठमाडौं : सुनका सिक्री लुट्ने गिरोहका तीन व्यक्तिलाई पक्राउ गरेको छ। विगत केहि समयदेखि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल सवार व्यक्तिले पैदल हिँडिरहेका महिलाहरूको सुनको सिक्री लुटको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ओखलढुङ्गा हर्कपुर ७ घर भइ हाल टोखा नगरपालिका २ सपना तीर्थ डेरा गरी बस्ने ३९ वर्षीय टमबहादुर सुनुवार,  रामेछाप मजुवा ९ घर भई हाल ललितयपुर ललितपुर महानगरपालिका १८ भैँसीपाटी बस्ने २४ वर्षीय टलकबहादुर रायमाझी र  भारत पश्चिम वंगाल घर भई ललितपुर वालकुमारी सुन पसलमा काम गर्ने ३५ वर्षीय देवासिस दोलही रहेका छन्।

महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री लुटी फरार भएको भन्ने विभिन्न मौखिक उजुरीका आधारमा खोजतलास गर्न काठमाडौं प्रहरी परिसरवाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार काठमाडौंको वसुन्धरा तथा ललितपुरका विभिन्न स्थानबाट  उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताए।

 उनका अनुसार अनुसन्धानका क्रममा उनीहरूले १० जनाभन्दा बढी व्यक्तिको घाँटीमा लगाएका सुनका सिक्री विभिन्न मितिमा लुटी बिक्री वितरण गरेको स्वीकार गरेका छन्।  पक्राउ  मध्ये टमबहादुर सुनुवार र टलकबहादुर रायमाझी विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरी बाहिर निस्किएर पुनः उही अपराधिक काममा फर्किएको देखिएको उनले बताए। हालसम्म महानगरीय प्रहरी परिसर काठमाडौंमा ७ जना पीडितहरूले लुटिएको जाहेरी दर्ता गराएको र अन्य पीडितहरूसँग समेत सम्पर्क प्रयास भइरहेको उनको भनाइ छ।

घटनामा संलग्न हुन सक्ने अन्य व्यक्ति तथा घटनाको सम्बन्धमा काठमाडौं परिसरवाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

वरामद सामानहरू

टमबहादुर सुनुवारको कोठाबाट लुटिएका सिक्री बिक्रीबाट प्राप्त रु  २ लाख ५० हजार ५ सय।

वा २९ प ७२७६ नम्बरको २०० सिसीको सुनको सिक्री लुटन प्रयोग भएको मोटरसाइकल।

सुन जस्तो देखिने सिक्री थान १।

सुन जोख्न प्रयोग गरिने तौल मेशिन थान १।

मोबाइल थान ५।

घटना घटाउदा प्रयोग गरिने कपडा तथा हेलमेटहरू।

पक्राउ

विशेष