अर्थ कर्पोरेट

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, किन्नेभन्दा बेच्ने बढे

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, किन्नेभन्दा बेच्ने बढे

काठमाडौं । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड काम गरेको छ।

मंगलबार सुनको मल्यले नयाँ रेकर्ड कायम गर्दै नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । तेजावी सुन भने ७० हजार ७ सयमा कारोबार भइरहेको छ।

भाउ उच्च भएपछि सुनको कारोबार भने घटेको व्यवसायीहरूले बताएका छन् । तीजको सिजन सुरु भइसक्दा पनि काठमाडौंका सुन पसलमा ग्राहक बढेका छैनन् । सुन किन्नेभन्दा बेच्ने बढी रहेको व्यवसायीको भनाइ छ ।

सुनको मूल्य

विशेष