अर्थ

सुनको मूल्य १२ सयले बढ्यो

सुनको मूल्य १२ सयले बढ्यो

काठमाडौं । पछिल्लो समय सुनको मूल्यले हरेका दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ ।

बिहीबार पनि सुन मूल्यले नयाँ कीर्तिमान कायम गर्दै ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबारका दिन ७० हजार ३ सय रुपैयाँमा बिक्री भएको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेर ७१ हजार ५ सय रूपैयाँमा बिक्री भएको हो ।

यता तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ । 

सुन

विशेष