अर्थ

भारतीयले तोक्छन् नेपाली चियाको मूल्य

भारतीयले तोक्छन् नेपाली चियाको मूल्य

इलाम । नेपालबाट निर्यात गरिने चिया परीक्षणमा झन्झट हुने गरेको छ । नेपाली ‘ट्रेडमार्क’ मा भारत जाने चियामा सिमानादेखि नै झन्झट सुरु हुने गरेको व्यवसायीहरूको भनाइ छ । भारतले नेपालको तयारी चियाको गुणस्तर परीक्षणका क्रममा झन्झट दिइरहेको भन्दै व्यवसायीहरूले यसका सम्बन्धित निकायले चासो नदिएको गुनासो गरेका छन् ।

 

नेपालको तयारी चिया ८० प्रतिशत भारत निर्यात हुने गरेको छ, तर भारतले आफ्नो देशमा उत्पादित चियालाई प्रवद्र्धन गर्न पनि नेपालको चिया निर्यात गर्दा व्यवसायीहरूसँग विभिन्न बहाना बनाउने गरेको बताउँदै आएका छन् ।

 
व्यवसायी मोतीराम दाहालका अनुसार भारतमा चिया पठाउने पर्ने बाध्यता रहेको बताए । उनले भारतका व्यापारीहरूले चिया खरिद गर्ने गरे पनि उनीहरूकै मूल्यमा आफ्नो चिया दिनुपरेको बताए । भारतबाट पनि चिया बाहिर निर्यात हुन्छ । विश्व बजारमा चिया निर्यात गर्नकै लागि नेपाली चियाको लोगो सार्वजनिक भएको छ ।

 

लोगो सार्वजनिक भए पनि नेपालका ठुला र पहुँचवाला व्यवसायीहरूले मात्र यसको फाइदा उठाउने गरेको जिल्लाका केही चिया व्यवसायीहरूको भनाइ छ । भारत निकासी गरेको चिया त्यहाँबाट बाहिर निर्यात गर्दा अझै पनि नेपालको चिया भारतकै लोगो लगाएर विश्व बजारमा पुग्ने गरेको उनीहरू बताउँछन् । यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।

इलाम चिया भारतीय नेपाली चिया

विशेष