यौन-शिक्षा

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ?

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ?

काठमाडौंः गर्भ धारणका लागि कति पटक र कसरी सेक्स गर्ने भन्ने जानकारी भयो भने महिनौं कोसिस गर्नु पर्दैन । आफ्नो योजनाअनुरूप सहजै गर्भधारण गर्न सकिन्छ । दम्पतीलाई यस्तो कुराको जानकारी नभएको स्थितिमा समस्या समेत सिर्जना हुनसक्छ । उसो भए गर्भधारणका लागि कुन बेला, कति पटक र कसरी सेक्स गर्ने?

कसरी रहन्छ गर्भ? 
जब पुरुष प्रजनन कोष ‘शुक्रकीट’ को महिलाको गर्भाशयमा अवस्थित अण्डसँग मेल भएर त्यसलाई फर्टिलाइज गर्छ तब मात्र कुनै पनि महिला गर्भवती हुन्छिन् ।

कति पटक राख्ने सम्बन्ध?
एउटा पेरेन्टिङ वेबसाइटले १ हजार १ सय ९४ दम्पतिमाथि अध्ययन गरेको थियो । उक्त अध्ययन सन्तान चाहने दम्पतिमाथि गरिएको थियो । अध्ययनमा उनीहरूले गर्भधारणका लागि कति पटक सेक्स गरेका थिए भन्ने कुरा जान्न प्रयास गरिएको थियो ।

यस्तो देखियो? 
उक्त अध्ययनका अनुसार आमाबाबु बन्न चाहने ती दम्पतीलाई औसतमा ७८ पटक सेक्स गर्दा सफलता हात लागेको थियो । यो क्रम औसत छ महिना चलेको थियो भने उनीहरूले एक महिनामा औसत १३ पटक सेक्स गरेका थिए ।

गर्भधारणका लागि कुन आसन राम्रो? 
कतिपय मानिसमा के विश्वास छ भने गर्भधारण आसनमा पनि निर्भर हुन्छ । यसका लागि लगभग तीन चौथाइ मानिस मिसनरी पोजिसन (महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) लाई उपयुक्त माने भने ३६ प्रतिशत जोडीले डगी स्टाइल पछ्याए ।

गर्भधारणका लागि उपयुक्त समय
विशेषज्ञहरूका अनुसार महिनावारी (डिम्ब निष्कासनको समय) थाहा पाउनु र डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन सेक्स गर्दा गर्भ रहने सम्भावना बढी हुन्छ ।

डिम्ब निष्कासन के हो? 
डिम्ब निष्कासनले कुनै पनि महिलाको महिनावारीमा महत्वपूर्ण भूमिका खेल्छ । यो त्यही प्रक्रिया हो जसअन्तर्गत परिपक्व डिम्ब डिम्बाशयबाट निस्किएर फर्टिलाइज हुनका लागि तयार रहन्छ ।

डिम्बको आयु कति? 
डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ । सेक्सका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म पनि रहन सक्छ ।

बढी सम्भावना
गर्भ रहने बढी सम्भावना तब रहन्छ जव डिम्ब निष्कासनका बेला शुक्रकीट फेलोपियन ट्युबमा पहिल्यैदेखि मौजुद रहेको हुन्छ ।

कहिले हुन्छ डिम्ब निष्कासन? 
महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।

क्यालेन्डरको सहारा
धेरै महिलामा महिनावारी चक्र ठीक २८ दिनमै हुँदैन । यस्तो छ भने महिलाहरूले महिनावारीको क्यालेन्डर बनाएर महिनावारी चक्रको लम्बाइ एवं मध्यविन्दुको अनुमान लगाउन सक्छन् ।

भेजाइनल सेक्रेसन
महिनावारी चक्रको क्यालेन्डरका अतिरिक्त डिम्ब निष्कासन समय अनुमान लगाउने अन्य तरिका पनि छन् । तीमध्ये एउटा भेजाइनल सेक्रेसनमा ध्यान दिनु पनि हो । डिम्ब निष्कासनअघि भेजाइनल सेक्रेसन सफा, ओसिलो एवं लचिलो हुन्छ ।


टेस्ट किट
जसरी बजारमा प्रेगनेन्सी टेस्ट किट बजारमा सहज रूपमा उपलब्ध छ त्यसरी नै ओभुलेसन (डिम्ब निष्कासन० डिटेक्सन टेस्ट किट पनि सहजै पाइन्छ । यसबाट डिम्ब निष्कासन भएनभएको थाहा पाउन सकिन्छ ।

उपयुक्त तौल
विशेषज्ञहरूका अनुसार सामान्यभन्दा बढी तथा कम तौल भएका महलिाहरूमा ओभुलेसन डिसअर्डरको खतरा बढी हुन्छ । तसर्थ गर्भधारण गर्न चाहने महिलाले तौल नियन्त्रण राख्नु आवश्यक छ ।

माथि उल्लेखित कुराहरूमा गौर गर्दा मोटामोटी कुरा प्रस्ट हुन सकिन्छ तापनि असामान्य अवस्थामा गर्भधारणका लागि ठोस कदम चाल्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ । 

यौन सम्पर्क गर्भ

विशेष