काठमाडौँमा शनिबार साँझ देखिएको इन्द्रेणीको दृश्य (फोटोफिचर)
काठमाडौँ । शनिबार काठमाडौँमा इन्द्रेणीको मनमोहक दृश्य देखियो । इन्द्रधनुष पनि भनिने इन्द्रेणी प्रकाश र रंगबाट उत्पन्न भएको यस्तो घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ।
इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। वैज्ञानिक हिसाबमा हेर्ने हो भने जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन र डिस्पर्सन गर्दछ।
फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृताकार प्रकाशीय आकृति उत्पन्न हुन्छ। यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ।
तस्वीरहरु : ध्रुव रिजाल