यौन-शिक्षा

सन्तुष्टिपूर्ण सहवासका लागि कस्तो भोजन उपयुक्त ?

सन्तुष्टिपूर्ण सहवासका लागि कस्तो भोजन उपयुक्त ?

सन्तुलित र स्वस्थ भोजनले मानिसलाई विभिन्न रोगबाट बचाउने र शरीर फिट राख्ने मात्र होइन कि मानिसको यौनजीवनलाई समेत स्वस्थ राख्छ । आफ्नो यौन क्षमता बढाउनका लागि विभिन्न प्रकारका खाना लिन सकिन्छ । यौन चाहना बढाउन समुद्री भोजन पनि उपयुक्त हुन्छ ।

खानपानमा सामान्य परिवर्तन गरेर यौन जीवनलाई अझ उत्कृष्ट बनाउन सकिन्छ । समुद्री भोजनबाट कैयौं यौन समस्याको उपचार पनि सम्भव छ । उपयुक्त खानपान भन्नाले पौष्टिक आहारमात्र खानुपर्छ भन्ने होइन, प्रोटिन, भिटामिन, क्याल्सियम र क्यालोरी पाउने खाना भन्ने पनि बुझिन्छ ।

तोरीले शरीर र मनलाई स्वास्थ राख्नेमात्र होइन, सेक्स्युअल ग्ल्याण्डलाई पनि फाइदा पुर्‍याउँछ, यतिमात्र नभई तोरीको परिकार खानाले यौनको भावनालाई बढाउँछ । अदुवा यौन उत्प्रेरक मानिन्छ । गाँजर खानाले मानिसको स्नायूतन्त्र मजबूत हुनुका साथै यसमा रहेको भिटामिनले यौन जीवनलाई राम्रो बनाउँछ ।

महमा एमिनो एसिड तथा कार्बोहाइड्रेटजस्ता अत्यन्त लाभदायी पदार्थ हुन्छन, जसले मानिसको सेक्स लाइफलाई सुखमय बनाउँछ र दम्पत्तिबीचको यौनक्रियाका दौरान कमजोरी महसुस हुन दिँदैन । यस्तै, स्वस्थ भोजनले मानिसलाई स्वस्थ राखी यौन जीवनलाई सुखमय बनाउन सक्छ ।

सहवास

विशेष