सहकारीको ब्याजमा नियन्त्रण, १६ प्रतिशतभन्दा बढी लिन नपाउने

काठमाडौं । सहकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन्। सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठहले बचतमा न्यूनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो ।
यद्यपि, समितिको शुक्रबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइएको छ। हाल सहकारी संस्थाल बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।
ब्याज सहकारी संस्था