सुनको मुल्यमा फेरि किर्तिमान
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचादी व्यवसायी संघले जानकारी दिएको छ ।
यस्तै तेजाबी सुन ७३ हजार दुई सयमा कारोवार भएको महासंघले जनाएको छ । आज कायम भएको सुनको मूल्यमा हालसम्मकै उच्च हो । आइतबार पनि सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
सुनको मुल्य दुई दिनमै प्रतितोला दुई हजार दुई सयले बढेको छ । चाँदीको मूल्य तोलामा दश रुपैयाँले बढेर आठ सय साठी रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिका र चीनको व्यापार युद्धको असर अन्तर्राष्ट्रिय बजारमा परेकाले सुनको मुल्य बढेको बताइएको छ ।
निरन्तर मुल्यबृद्धि भएसँगै विगत एक महिनादेखि सुनको कारोवार शुन्य जस्तै भएको छ । तीजको समयमा पनि यो पटक सुनको कारोबार राम्रो नभएको व्यवसायीहरुले बताएका छन् ।