'नाडा अटो सो'मा जे देखियो... (फोटो फिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि १४ औँ नाडा अटो सो सुरु भएको छ । अटो मोबाईल एसोसिएशन अफ नेपाल ‘नाडा’ले आयोजना गरेको अटो सो को अर्थमन्त्री युवराज खतिवडाले मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।
आगामी आइतबारसम्म चल्ने नाडा अटो शो मा विद्युतीय सवारी साधन आकर्षणका रुपमा रहेका छन् । मेलाका अवसरमा बाणिज्य बैंकले समेत गाडी कर्जा उपलब्ध गराउँदैछन् । अटो सो मा विभिन्न ९५ ब्राण्डका सवारी साधन राखिएका छन् ।
मेलामा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता छ । १३ वटा बैंक तथा वित्तीय संस्थाको छुट्टै स्टल राखिएको छ । साथै सवारी साधनका प्रयोग हुने लुब्रिकेन्ट, टायर लगायतका सामाग्रीहरु पनि मेलाको आकर्षणका रुपमा रहेका छन् ।
मेलामा १ सय साठी वटा स्टल रहेका छन् । मेलाका अबसरमा विभिन्न ब्राण्डले आकर्षक छुटको घोषणा समेत गरेका छन् । मेला करिब ७५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
नाडा अटोमोबाइल्स