अर्थ

व्यवसायीलाई समस्या पारेर सरकार चल्दैन : अर्थमन्त्री

व्यवसायीलाई समस्या पारेर सरकार चल्दैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीहरुलाई अप्ठ्यारोमा पारेर सरकार चल्न नसक्ने बताएका छन् । शुक्रवार काठमाडौँमा नेपाल चेम्बर अफ कमर्शले गरेको ‘नेपालको अर्थतन्त्रका विद्यामान चुनौती तथा अवसर विषयक कार्यक्रममा अर्थमन्त्री खतिवडाले राजश्व संकलनका नाममा सरकारले उद्योगी व्यवसायीलाई समस्यामा नपार्ने बताए ।

बदनियतपूर्ण कर छली गर्ने कसैलाई नछाडिने भन्दै खतिवडाले राजश्व छलिका घटनामा हुने जेल सजायलाई कम गर्न सकिने उल्लेख गरे । संसारभर ठूला कर छलीमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री, कलाकार र खेलाडीलाई समेत जेल हालेर सुशासनमैत्री बनाइएको खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले एक हजार भन्दा बढी भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको विषयमा आवश्यक संशोधनका लागि छलफल अघि बढेको जानकारी दिए । उनले कर्जा प्रवाह गरिसकेपछि पटक पटक ब्याज बढाउने बैंकर्स प्रति आक्रोश व्यक्त गरेका छन् ।

अटो कर्जामा लिएको लोन एक वर्षमा थप १० प्रतिशतबाट १५ प्रतिशत पु-याएको गुनासो आएपछि अर्थमन्त्रीले आक्रोस व्यक्त गरेका हुन् । उनले यस विषयमा सचेत हुन बैंकहरूलाई निर्देशन पनि दिएका छन् । 

विशेष