अर्थ

सुनको मूल्य १ हजारले घट्यो

सुनको मूल्य १ हजारले घट्यो

काठमाडौं : केहीदिन यता निन्तर बढिरहेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ। बिहीबार नयाँ कीर्तिमान कायम गर्दै प्रतितोला ७३ हजार ४ सयमा बिक्री भएको सुन शुक्रबार घटेको हो।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक हजारले घटेर शुक्रबार प्रतितोला ७२ हजार ४ सयमा बिक्री भइरहेको छ। त्यस्तै, तेजावी सुनको मूल्य शुक्रबारका लागि ७२ हजार १ सय कामय भएको छ। केहीदिन यता सुनचाँदीको मूल्यमा उचारचढाव चलिरहेको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ८ सय ८५ कायम भएको छ। चाँदी बिहीबारको मूल्यभन्दा १० सस्तिएको हो।

सुनको मूल्य

विशेष