थुनुवा छुटाई दिन्छु भन्दै १ लाख ठगी

काठमाडौं : थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरी, महोत्तरी गाउँपालिका ३ का ३४ वर्षीय प्रवीण कुमार लाभ रहेका छन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो।
आकिव जावेद ,यम दादुल मोमिन, सगिर शेख ठगी मुद्दामा अनुसन्धानको शिलशिलामा महानगरीय प्रहरी परिसर टेकुमा थुनामा राखी अनुसन्धान भइरहेको अवस्थामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै १ लाख रुपैयाँ लिएका थिए। उनले धनुषा, जनकपुर उप-महानगरपालिका २ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसंग थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै रकम असुलेका थिए। उनले बानेश्वरस्थित मुड क्याफेमा भेटी एक लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए। उनका अनुसार पक्राउ लाभमाथि थप अनुसन्धान भइरहेको छ।
ठगी