अर्थ

सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो ६६ हजार तीन सय रुपैयाँ तोला

सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो ६६ हजार तीन सय रुपैयाँ तोला

काठमाडौं । सुनको अहिलेसम्मकै मूल्य उच्च भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ६६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य तोलामा ६५ हजार रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यको मूल्य अहिलेसम्मकै रेकर्ड तोडेको हो।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ।

सुनचाँदी

विशेष