अपराध सुरक्षा

घाँटी रेटेर गहना लुटपाट

घाँटी रेटेर गहना लुटपाट

बझाङ । जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटी रेटेर गहना लुटपाट गरिएको छ । थलारा गाउँपालिका–५ घर भएकी विमला खाती वलीको सोमबार साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट गरिएको हो । 

केदार स्युँ गाउँपालिका–९ माइती घर भएकी वली सोमबार माइती घरबाट आफ्नो घर जाने क्रममा थलारा गाउँपालिका–३ को शिलाकोट भन्ने ठाउँमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर केसीले जानकारी दिए।

उनले घाँटी, कान र नाकमा लगाएका सम्पुर्ण गहनाहरु लुटपाट गरिएको प्रहरीले जनाएको छ । लुटेराले उनको घाँटी, नाक र कानमा गहिरो चोट पुग्ने गरी रेटेको छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ ।  लुटपाट गर्नेको खोजी कार्य जारी राखिएको डिएसपी केसीले जानकारी दिए। 

लुटपाट बझाङ

विशेष