अर्थ

सुनको भाउमा दैनिक नयाँ रेकर्ड, आज तोलाको ७० हजार

सुनको भाउमा दैनिक नयाँ रेकर्ड, आज तोलाको ७० हजार


काठमाडौँ । एक सातादेखि लगातार बढिरहेको सुनको मूल्य विहीबार ७० हजार पुगेर अर्को रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो ।

बुधबार ६९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य बिहीबार ५०० रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । छापावाला सुन भने बिहीबार तोलाको ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


अमेरीकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउँदा त्यसको प्रत्यक्ष असर बिश्व व्यापारमा पर्दा सुनको मूल्य बढ्दै गएको हो। सुनको मुल्य संगसंगै चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । बिहिबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ बढेको छ ।

बुधबार चाँदी ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको चाँदी बिहिबार तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेको थियो ।

विशेष