अर्थ फोटो

सुन किन्न सास्ती

सुन किन्न सास्ती

नेपालमा सुनदेखि लसुनसम्म विदेशबाट भित्रिन्छ । तरकारीको बजारले नेटो काटिरहेका बेला सुनको मूल्यले पनि आकास छोएको छ । बजारमा सुनको मूल्य तोलाको ७० हजारमा कारोवार भइरहेको छ । 


सुनको उच्च मूल्यले क्रय बजार प्रभावित भएको छ । नेपाल आज सहकर्मी चन्द्र राईले काठमाडौंका प्रमुख सुन पसल चाहारेका थिए । धेरैमा उपभोक्ताको उपस्थिति नै थिएन । व्यापारीहरु गुनासो गर्दै थिए– ‘यही पारा हो भने त सटर बन्द गरेर बस्नुको विकल्प छैन् ।’

 
चाडपर्व शुरु हुँदैछ । यतिबेला गरगहना किनबेच बढ्नु पर्नेमा उल्टो भएको छ । यो अवस्था कहिलेसम्म यस्तो रहने भन्न सकिने अवस्था छैन् । सरकार वा व्यापारीका कारण यस्तो अवस्था आएको हैन । 


सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध मुख्य कारण हो । अमेरिकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसूल बढाउँदा त्यसको प्रत्यक्ष असर विश्व व्यापारमा पर्दा सुनको मूल्य बढ्दै गएको हो । 


 

 

 

 

 

 

 

 

 

 

 

 

सुन विश्व व्यापार

विशेष