अपराध सुरक्षा Breaking News

एटिएम ह्याक गरी रकम झिक्ने ५ चिनिया पक्राउ

एटिएम ह्याक गरी रकम झिक्ने ५ चिनिया पक्राउ

काठमाडौँ । एटिएम मेशिन ह्याक गरी रकम झिक्ने ५ चिनिया ह्याकरलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । शनिबार पक्राउ परेका पाँचै जना चिनियाँ ह्याकरलाई महानगरीय प्रहरी परिसर काठमाडौंलले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

शनिबार राति बैंकको पिन ह्याक गरी रकम झिक्ने ५ चिनिया ह्याकरलाई पक्राउपछि सार्वजनिक गरेको हो ।

प्रहरीले एक जना ह्याकरलाई नबिल बैंकबाट रकम झिक्ने क्रममा पक्राउ गरेपछि चिनिया ह्याकरहरुको धन्दा छताछुल्ल भएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही थालिएको बताए । घटनामा संलग्न अन्य चार जना होटेलबाट भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ र २९ वर्षका लिन जिनमिङ छन् । प्रहरीले उनीहरुका साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा समेत बरामद् गरेको छ । ह्याकरहरुले विभिन्न बैंकको एटिएम सिस्टम ह्याक गरेका थिए ।

यसरी भयो घटना

घटना शनिबार मध्यान्हको हो । दिउँसो १ बजेतिर प्रभु बैंकको सिस्टम एक्कासी डाउन भयो । सिस्टम डाउनको मौका पार्दै ह्याकरहरुले एकाएक एटिएमबाट एक मिनेटमा १० लाख रुपैयाँभन्दा बढी कारोबार गरे ।

बैंकको एटिएम चल्न छाडेको ग्राहकले गुनासो गरेपछि आईटी शाखाका कर्मचारीले प्रहरीलाई खबर गरे । प्रहरीले लगत्तै अनुसन्धान थाल्यो र रातको समयमा दरबारमार्गबाट नबिल बैंकबाट पैसा निकल्दै गर्दा एक चिनिया नागरिक पक्राउ परेसँगै अन्य पनि पक्राउ परेका हुन् ।

नेपालमा रहेका एटिएम बुथको रकम लुट्ने योजना चीनबाटै बनाएर ह्याकरहरु नेपाल भित्रिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पर्यटक भिसाको प्रयोग गरी शुक्रबार काठमाडौं छिरेका उनीहरु एक होटलमा बसेका थिए ।

नेपाल बैंकर्स संघले भने यस घटनाबाट पाठ सिक्दै प्रविधिको दुरुपयोगबारे बैंकले सचेत हुने जनाएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ । 

विशेष