जहाँ बनाइन्छ विश्वकर्मा पूजाका लागि भगवानका मूर्ति (फोटो फिचर)
काठमाडौं: असोज १ गते अर्थात भोलि बुधबार देश भर विश्वकर्मा पूजा मनाइँदै छ । औजार तथा मेसिनरी सामान र सवारी साधनको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ ।
विशेष गरि तराई मुलका मानिसहरुले कलकारखानामा विश्वकर्माको मूर्ति राखेर भजनकिर्तन गरी धुमधामका साथ पूजा गर्ने गर्दछन् । नेपालका मध्यतराईका जिल्लाहरूमा विशेष गरी विश्वकर्मा पूजा मनाइन्छ ।
विश्वकर्मा पूजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानि नोक्सानी नहुने विश्वास रहदै आएको छ । ललितपुरको कुपण्डोलमा कालिगणहरूले विश्वकर्माका मूर्तिहरू बनाउन अहिले भ्याइ नभ्याइ छ ।
विश्वकर्मा पूजा कालिगण