यौन-शिक्षा

श्रीमान्-श्रीमतीले यौनका विषयमा कुन समयमा कसरी कुरा गर्ने?

श्रीमान्-श्रीमतीले यौनका विषयमा कुन समयमा कसरी कुरा गर्ने?

यौन रहस्यको विषय होइन तर पनि हाम्रा क्रियाकलाप र पारिवारिक संरचनाले यसलाई रहस्य जस्तो बनाएको छ । किशोरावस्थामा शरीरमा आउने शारीरिक, मनोवैज्ञानिक र मानसिक परिवर्तनले किशोर किशोरी यौनका विषयमा उत्सुक त हुन्छन् नै ।

त्यस्तै कतिपय श्रीमान् श्रीमती पनि एक आपसमा यौनका बारेमा कुराकानी गर्न लजाउँछन् । श्रीमान् र श्रीमतीबीच यौनका बारेमा खुलेर कुरा गर्न सकियो भने यौन स्वास्थ्यप्रति सचेत हुन सकिन्छ । तर यौनका बारेमा खुलेर कुरा गर्नुपर्छ भन्दैमा जुन सुकै समयमा यस्ता विषयमा कुराकानी गरे त्यसले सकारात्मक भन्दा नकरात्मक सोच र असर गर्ने यौन विज्ञहरुको मत छ ।

आज हामी तपाईंहरुलाई श्रीमान् र श्रीमती बीच यौनको बारेमा कुरा गर्दा कस्तो समय र कसरी कुरा गर्दा सबै भन्दा उपयुक्त हुन्छ र कुन समयमा हानिकारक हुन्छ भन्ने बिषयमा जानकारी गराउँछौं ।

कुन समय कसरी कुरा गर्ने त ?

-दिनभरीको काम, तनाव र थकाई सकेर फ्रेस भई श्रीमान् र श्रीमतीसँगै बेडमा जानुअघि ।

-कुरा घुमाई फिराई हतार नगरी अनेक बहानाबनाएर कुरा शुरुवात नगर्नुस् ।

-यस्तो ठाँउ रोज्नुस् ताकी कसैले अवरोध नपुर्याओस् र अफ्ठ्यारो महशुस नहोस् ।

-मोबाइल, टीभी वा गीत बजाउन बन्द भएको समयमा ।

-आफूले बताउन चाहेको कुरा सुन्ने मुड छ की छैन विचार गर्नुस ।

-उपयुक्त समयको खोजीगर्दै हुनुहुन्छ भने पहिल्यै कौतुहुलताको सिर्जना गरी सहमत गराउनुस् । जस्तो एउटा कुरा भन्नु थियो । 

खराब समय

-यौन क्रियाकलाप पछि -दुवै जना तनाव र थकित वा द्वुविधाको अवस्थामा

-जब कुनै कुराले दुबै जना आश्चर्य भएको समयमा

-तपाईंले मद्यपान सेवन गरेको वा कुनै कुराले ठाकठुक परेको समयमा

-जब तपाईंलाई यस विषय प्रति अनावश्यक ठान्नुहुन्छ । एजेन्सी

यौन शिक्षा

विशेष