अर्थ

सुनको मूल्य फेरि घट्यो, आज कतिमा हुँदै छ कारोबार

सुनको मूल्य फेरि घट्यो, आज कतिमा हुँदै छ कारोबार

काठमाडौं : केही दिन स्थिर रहेको सुनको भाउ बिहीबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको मूल्यमा ६ सयले गिरवाट आएको छ।

बिहीबार ७० हजार ७ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजबी सुनको मूल्यमा पनि ६ सयले नै गिरावट आएर ७० हजार ४ सयमा कारोबार भएको छ।

बुधबार छापावाल सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको र तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ८६५ कारोबारमा भएको थियो।

सुनको मूल्य

विशेष