यौन-शिक्षा

स्त्री यौनांगबारे केही तथ्य

स्त्री यौनांगबारे केही तथ्य

काठमाडौंः यौनका सन्दर्भमा प्रायः सबैमानिसमा समान स्तरको चासो हुन्छ । खासगरी पुरुषमा महिलाहरुको यौनांगसम्बन्धी चासो भए पनि समाजमा यो विषयमा खुल्ला चर्चा वर्जित मानिएकाले महिलाहरुको योनांगका कतिपय तथ्यका सम्बन्धमा पुरुषहरु अनभिज्ञ नै हुन्छन् । महिलाहरुको यौनांग निकै संवेदनशील तथा महत्वपवूर्ण अंग हो । सम्भोगको सन्तुष्टिदेखि गर्भाधान र सन्तान जन्माउने यो अंगका विषयमा केही तथ्यः 

महिला यौनांग अर्थात् योनिलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबारको म्यान हुन्छ । 

योनिको औसत आकार ३ देखि ४ इन्च मात्र हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यो २ सय प्रतिशतसम्म बढ्छ । 

योनिमा आफ्नो सफाई आफैं गर्ने प्रणाली हुन्छ । 

योनिमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन विद्यमान हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ । 

योनिको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा त्यस्ता स्नायु चार हजार मात्र हुन्छन् । 

एक घण्टाभित्र एउटी महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् । पुरुषले भने सोही अवधिमा बढीमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् । 

योनिको भित्री भित्ता अन्य अवस्थामा खुम्चिएको हुन्छ भने सम्भोगका बेला उक्त भित्ता छाता जस्तै खुल्छ । 

योनिमा सयौं किसिमका ब्याक्टेरिया हुन्छन् । योनिमा पाइने केही ब्याक्टेरिया दहीमा समेत पाइन्छन् । 

योनिको वरिपरि यौन केश (रौं) को औसत आयु ३ साता हुन्छ । जबकि मानिसको टाउकाको केशको आयु ७ वर्ष हुन्छ । यो जानकारी साप्ताहिकबाट लिइएको हो । 
 

यौन स्त्री यौनांग

विशेष