अर्थ

उकालो लाग्यो अमेरिकी डलरको मूल्य (सूचीसहित)

उकालो लाग्यो अमेरिकी डलरको मूल्य  (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा शुक्रबार अमेरिकी डलरसहित प्रायः देशको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ८० पैसा र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।  

अमेरिकी डलर नेपाल राष्ट्र बैंक

विशेष