ओटोमोबाइल

नेपालमा रेनोल्डको व्यापार रणनीतिमा असफल

नेपालमा रेनोल्डको व्यापार रणनीतिमा असफल

काठमाडौं । फ्रान्सेली बहुद्देश्यीय अटोमोबाइल उत्पादन कम्पनी रेनोका डस्टर र क्विड नेपालमा भित्रिएको धेरै भएको छ। विश्व प्रसिद्ध यो कम्पनीले नेपालमा भने अपेक्षाअनुसार आफ्ना कारहरू बिक्री गर्न सकेको छैन। रेनोका गाडीको व्यापार रणनीतिमा असफल हुनुको कारण मानिएको छ, नेपालस्थित आधिकारिक बिक्रेताको अक्षमता। नेपालमा रेनो कारको आधिकारिक बिक्रेता विशाल ग्रुपअन्तर्गतको एडभान्स अटोमोबाइल्स प्रालिको असफल व्यापार रणनीतिले लक्ष्यअनुरूप नेपालमा रेनो कार बिक्री हुन नसकेको हो।

भारतमा पटक/पटक विवादमा पर्दै आएको रेनो कम्पनीका कार नेपालमा पनि विवादितमुक्त छैनन्। रेनोका डस्टर र क्विड कारमा अत्याधिक मूल्य लिएर ग्राहकलाई ठगेको भन्दै यो कारको अधिकारिक बिक्रेता कम्पनीमाथि सरकारी छापासमेत परेको छ। कारमा कालो बजारी गरेको भन्ने उपभोक्ता व्यापक गुनासो आएपछि केही पहिला एडभान्स अटोमोबाइल्स प्रालिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छापासमेत मारेको थियो।

प्रतिसावारीसाधनमा कम्पनीले गैरकानुनी रूपमा उपभोक्तालाई बैंकको ब्याज, विज्ञापन शुल्क, कर्मचारी खर्चलगायतका शुल्क तिराउँदै आएको र नियम, कानुनको ठाडो उल्लंघन गरेर उपभोक्ताबाट चर्का शुल्क उठाएको उजुरीका आधारमा विभागले छापा मारेको थियो। अनुगमनका क्रममा आवश्यक कागजात तथा बिलबिजक नखुलेपछि विभागले कम्पनीका कागजात जफत गरी विभागमा स्पष्टीकरणका लागि उपस्थित हुन निर्देशनसमेत दिएको थियो।

कम्पनीले सवारीसाधन आयत गर्दा लागेको वास्तविक लागत–खर्चको स्पष्ट विवरण पेस गर्न नसकेपछि विभागले कागजात जपथ गरेको थियो। यद्यपि कम्पनीमाथि नै छापा परेपछि केही हच्केको कम्पनीले आर्थिक प्रलोभनमा पारेर विभागका तत्कालीन महानिर्देशक कुमार दाहाललाई सरुवा गराएर उक्त मुद्दालाई गुपचुप राखेको थियो।

यति मात्र नभएर नेपालमा लागतभन्दा अधिक मूल्यमा बिक्री गरेको आरोप खेपेको कम्पनीको क्विड मोडलको कार भारतमा अत्याधिक खराबी देखिएपछि बिक्री भएका कार फिर्ता गर्न बाध्य भएको थियो। दुईवटा इन्जिन भएको सो कारको स्टेरिङ प्रणालीमा खराबी देखिएको थियो। त्यसपछि पत्राचार गर्दै कम्पनीले ग्राहकलाई बिक्री भइसकेका कारको निःशुल्क मर्मत गरेको थियो। भारतमा रेनल्टको क्विड कारमा खराबी देखिएपछि फिर्ता मागिएको यो दोस्रोपटक हो। यसअघि पनि ५० हजारभन्दा बढी क्विड कारमा खराबी देखिएपछि फिर्ता मागिएको थियो।

यता, नेपालमा भने कम्पनीले माउ कम्पनीले तय गरेको इस्ट्यान्डरअनुसार शोरुम पनि निर्माण नगरेको बताइएको छ। माउ कम्पनीको स्ट्यान्डविपरीत काम गर्दा गाडी बिक्री प्रगति पनि राम्रो नभएको भन्दै माउ कम्पनीले बेलाबेलामा असन्तुष्टि व्यक्त गर्दै आएको स्रोतले बतायो। यसका साथै नेपालमा भित्र्याइएका रेनोका गाडी लक्ष्यअनुरूप बेच्न नसकेपछि गोदाममै थन्किएका छन्। साथै खरिद गरिसकेका ग्राहकहरूले यो कम्पनीका गाडीका स्पेयर पार्ट्सहरू आवश्यकताअनरूप प्राप्त गर्न नसकी नै भन्दै गुनासो गर्ने गरेका छन्।

एडभान्स अटोमोबाइल्स प्रालिका दुईवटा मात्रै वर्कसपबाट सेवा प्रदान गर्ने, जसमध्ये एउटा कालोपुल र अर्को काठमाडौं परोपकार टेकुमा रहेका छन्। देशभर यो कम्पनीका सर्भिस सेन्टर नभएकाले गाडी उपत्यकाभन्दा बाहिर कतै बिग्रियो हाल्यो भने मर्मत गर्न झन्झट र बढी खर्च लाग्ने भन्दै ग्राहक गाडी किन्ने इच्छा नदेखाउने गरेको बुझिएको छ।

त्यस्तै, केही ग्राहकहरूमा गरिएको एक अध्ययनमा रेनोल्डको क्विड कारको पिकअपि पनि समस्या रहेको बताउने गरेका छन्। उनहरूका अनुसार यो गाडीका आवश्यकताभन्दा लामो गियर रहेका कारणले ट्राफिक जाम भइरहने ठाउँमा वा गाडीमा प्यासेन्जरले भरिएको अवस्थामा पिकअप कम हुनुका साथै शहरी क्षेत्र र ट्राफिक जाम भइरहने ठाउँमा गाडी चलाउँदा लामो गेयरले बारबार बदल्नु पर्दा समस्या झन बढ्छ।

केही प्राविधिकहरूका अनुसार गाडीलाई हलुका बनाउनका लागि कम्पनीले स्वर कम गर्ने साधन पनि घटाएको छ। जसका कारण स्विटमा धेरै माध्यमा ध्वनि प्रदूषण उत्पन्न हुन्छ। आइ आरपिएममा अत्यान्तै ध्वति प्रदूषण हुन्छ र भाइब्रेसन पनि महसुस हुन्छ। अत्याधिक ध्वनि र धेरै खटखट गर्ने इन्जिन अविश्वनीय हुन्छन्। र यस्ता इन्जिन भएका गाडीबाट टाढै बस्नु राम्रो मानिन्छ। ग्राहकमाथि गरिएको सर्वेबाट पत्ता लागेअनुसार रेनोल्डका गाडीमा केही जटिल समस्याहरू देखिएका छन्।

सर्वेका क्रममा रेनोल्डको क्विड चल्दाचल्दै अचानक रोक्ने समस्या पत्ता लागेको छ। २० भन्दा बढी ग्राहकहरूले यस्तो समस्या भएको बताएका हुन्। त्यस्तै गाडी स्टार्ट गर्दा पनि समस्या देखिएको छ। व्याट्रीमा र इलेक्ट्रिक इक्वपमेन्टमा पनि समस्या देखिएको उनीहरूले बताएका थिए। केही गाडीको यस्तो समस्याको समाधान भयो भेन केही ग्राहकहरूको यो समस्या समाधान हुने सकेन। अन्त्यमा घाटा खाएर उनीहरू गाडी बेच्न बाध्य भए।

यो गाडीमा फ्युल खपतमा पनि समस्या देखिएको कतिपय ग्राहकहरूको गुनासो रहेको छ। यो गाडीले १२ देखि १५ किलोमिटर प्रतिलिटरमा यात्रा तय गर्न सकिन्छ। तर, यो गाडीमा कुनैबेला १० किलोमिटर त हाइवेमा पुग्यो भने २० किलोमिटरसम्म यात्रा तय गरिने दिखियो। यो गाडीको फ्युलमा देखिएको अन्तरका बारेमा पनि गुनोसो गर्ने गरेका छन्। हाइ स्पिडमा जाँदा यो गाडी बढी हलिन्छ र भाइब्रेसन हुन गरेका कारण चलाउनलाई समस्या हुने गरेको कतिपय ग्राहकको गुनासो छ। एक गेयरमा रहेको गाडीमा पनि अनावश्यकरूपमा ध्वनि निस्किने गुनासो पनि ग्राहकहरूको छ।

सिंगल वाइपर, बढी क्वालिटी, गाडीमा प्रयोग गरिएको पलास्टिक क्लालिटी पनि निकै निम्नस्तरको रहेको गुनासो ग्राहकहरूको थियो। यसको अर्को ठूलो कमजोरी भनेको यो स्पिडमा रहेको गाडीलाई ब्रेक मार्दा गाडी हुत्तिने र ब्रेकबाट आवाज पनि आउने बताइन्छ। त्यस्तै, यसको एक्सिलेटरमा पनि केही समस्या रहेको ग्राहकहरूले कम्पलेन गरेका छन्। केही ग्राहकले यसबारेमा कम्पलेन गरेपछि रेनोले गुपचुप यस्तो समस्या हल गरेको थियो।

कतिपय ग्राहकहरूले रेनोल्डको गाडीमा दिइने सुरक्षा फिचरमा पनि पक्षपाति रहेको आरोप लगाउँछन्। उनीहरूका अनुसार रेनोल्डले दक्षिण अमेरिकामा बच्ने मोडेल र नेपालमा बेच्ने मोडेलका क्विड फरकफरक सुरक्षा फिचारका रहेका हुन्छन्। दक्षिण अमेरिकामा प्रयोग हुने यी गाडीमा अत्याधिक सुरक्षा विशेषता समावेश हुन्छने अन्य ठाउँमा पठाउने गाडीमा त्यस्तो सुरक्षा विशेषता हुँदैन।

विशेष