फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। शुक्रबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ३ सयले महंगिएको हो।
छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन पनि आइतबार ३ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। अमेरिकी बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि सुनको मूल्य बढेको बताइएको छ।
सुन