अर्थ

लगातार घट्दै अमेरिकी डलर, आज कति छ विनिमय दर?

लगातार घट्दै अमेरिकी डलर, आज कति छ विनिमय दर?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन पनि अमेरिकी डलरसहित प्राय: सबै देशको भाउ ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार मंगलबार अमेरिकी एक डलरको खरिददर ११३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रिदर १४१ रुपैयाँ ६४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

डलर

विशेष