सुनको भाउ फेरि बढ्यो, हेर्नुहोस् आज कति पुग्यो ?

काठमाडौं । केही महिनादेखि उचारचढावमा रहेको सुनको मूल्य मंगलबार सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सनुको मूल्य बढेकाले नेपालमा पनि बढेको संघले जनाएको छ।
सुनको मूल्य