फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो?

काठमाडौं । साताको चौँथो दिन अर्थात् बुधबार सुनको मूल्य बढेको छ। बुधबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य