आज एक हजारले घट्यो सुनको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो

काठमाडौं : बुधबार ६ सयले बढेको सुनको मूल्य बिहीबार नेपाली बजारमा एक हजार रुपैयाँले घटेको छ।
बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार ७२ हजारमा कारोबार भएको सुनको मूल्य बिहीबार एक हजारले घटेको हो। त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी प्रतिातोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोलामा २५ रुपैंयाले घटेको हो। बिहीबार चाँदी प्रतितोला ८ सय ९० रुपैंयामा कारोबार भएको थियो।
सुनको मूल्य