Technology अर्थ बैंकिङ भिडियो

नेपालको बैंकिङ क्षेत्र किन असुरक्षित छ ? (भिडियोसहित) 

नेपालको बैंकिङ क्षेत्र किन असुरक्षित छ ? (भिडियोसहित) 


काठमाडौँ  । तीन साताको अन्तरालमा नेपालको बैंकिङ सिष्टम नै ह्याक गरी करोडौँ रकम हिनामिना भयो । २०७६ भाद्र १४ गते चिनिया ह्याकरहरुले सिस्टममैँ ह्याक गरी नेपालका एटिएम बुथबाट एक करोड ८९ लाख निकालेका थिए । नेपालका बैंकबाट पाँच अर्ब रुपैयाँ लुट्ने योजनासहित परिचालित १२ जनाको एक गिरोहले कृषि विकास बैंकका कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ६३ लाख रुपैयाँ ट्रान्सफर गर्नेलाई बुधबार प्रहरीले सार्वजनिक भयो । यी केही पछिल्ला घटना मात्रै हुन् ।

प्रविधिको लुप्सहोलको फाइदा उठाउँदै नेपालका बैंकका पैसा कुम्ल्याउन गिरोह नै संलग्न हुने गरेको पाईएको छ । सञ्चार प्रविधि विज्ञ इञ्जिनियर उत्तम कार्की भन्छन् –‘‘नेपालका बैंकहरु सुरक्षित छैनन् । आगामी दिनमा बैंकिङ प्रणालीमा यो भन्दा ठूला घटना हुने देखिएको छ ।’’

उनका अनुसार साइबर, फ्रड, सिष्टम कोल्याप्स गरेरै ह्याकरहरुले बैंकिङ प्रणालीमा असर गरिरहेका छन् । नेपालको बैंकिङ प्रणालीमा बढ्दै गरेको चुनौती, नियन्त्रणका लागि गर्नुपर्ने पहलबारे सूचना प्रविधि विज्ञ कार्कीसँग गरिएको कुराकानी :

चिनियाँ ह्याकर बैंकिङ सिष्टम ह्याक

विशेष