ओटोमोबाइल

उपभोक्ता ठग्दै रेनोल्ड

उपभोक्ता ठग्दै रेनोल्ड

काठमाडौं : फ्रान्सेली बहुद्देश्यीय अटोमोबाइल उत्पादन कम्पनी रेनोल्डका डस्टर र क्विड नेपालमा भित्रिएको धेरै भएको छ। भारतमा पटक-पटक विवादमा पर्दै आएको रेनल्ट कम्पनीको कार नेपालमा पनि विवादित नै रहेको छ। एक त नेपालीको आयस्तरभन्दा निकै महँगा छ भने कम्पनीलाई कारको मूल्यमा कालोबजारी गरेर वास्तविक मूल्यभन्दा बढी पैसा असुल्ने आरोप पनि लागेको छ।

कारमा कालो बजारी गरेको भन्ने उपभोक्ता व्यापक गुनासो आएपछि केही पहिला नेपालका लागि रेनोल्ड कारको आधिकारिक बिक्रेता विशाल ग्रूपअन्तर्गतको एडभान्स अटोमोबाइल्स प्रालिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छापासमेत मारेको थियो।

प्रतिसावारीसाधनमा कम्पनीले गैरकानुनी रूपमा उपभोक्तालाई बैंकको ब्याज, विज्ञापन शुल्क, कर्मचारी खर्चलगायतका शुल्क तिराउँदै आएको र नियम, कानुनको ठाडो उल्लघन गरेर उपभोक्ताबाट चर्का शूल्क उठाएको उजुरीका आधारमा विभागले छापा मारेकाे थियो।

अनुगमनका क्रममा आवश्यक कागजात तथा बिलबिजक नखुलेपछि विभागले कम्पनीका कागजात जफत गरी विभागमा स्पष्टीकरणका लागि उपस्थित हुन निर्देशनसमेत दिएको थियो।

नेपालमा लागतभन्दा अधिक मूल्यमा बिक्री गरेको आरोप खेपेको कम्पनीको क्विड मोडलको कार भारतमा अत्याधिक खराबी देखिएपछि बिक्री भएका कार फिर्ता गर्न बाध्य भएको थियो। दुईवटा इन्जिन भएको सो कारको स्टेरिङ प्रणालीमा खराबी देखिएको थियो।

पत्राचार गर्दै कम्पनीले ग्राहकलाई बिक्री भइसकेका कारको निःशुल्क मर्मत गरेको थियो। भारतमा रेनल्टको क्विड कारमा खराबी देखिएपछि फिर्ता मागिएको यो दोस्रोपटक हो। यसअघि पनि ५० हजारभन्दा बढी क्विड कारमा खराबी देखिएपछि फिर्ता मागिएको थियो।

यता, नेपालमा भने कम्पनीले माउ कम्पनीले तय गरेको इस्ट्यान्डरअनुसार शोरुम पनि निर्माण नगरेको बताइएको छ। माउ कम्पनीको स्ट्यान्डविपरीत काम गर्दा गाडी बिक्री प्रगति पनि राम्रो नभएको भन्दै माउ कम्पनीले बेलाबेलामा असन्तुष्टि व्यक्त गर्दै आएको स्रोतले बतायो।

एडभान्स अटोमोबाइल्स प्रालिका दुईवटा मात्रै वर्कसपबाट सेवा प्रदान गर्छ, जसमध्ये एउटा कालोपुल र अर्को काठमाडौं परोपकार टेकुमा रहेका छन्। देशभर यसको सर्भिस सेन्टर नभएकाले गाडी किनेर उपत्यकाभन्दा बाहिर कति बिग्रियो भने झन्झट र बढी खर्च लाग्ने भन्दै ग्राहक गाडी किन्ने इच्छा नदेखाएको बुझिएको छ।

त्यस्तै, केही गाडी विज्ञहरूले रेनोल्डको क्विड कारको पिकअपि पनि समस्या रहेको बताउने गरेका छन्। उनहरूका अनुसार यो गाडीका आवश्यकताभन्दा लामो गियर रहेका कारणले ट्राफिक जाम भइरहने ठाउँमा वा गाडीमा प्यासेन्जरले भरिएको अवस्थामा पिकअप कम हुनुका साथै शहरी क्षेत्र र ट्राफिक जाम भइरहने ठाउँमा गाडी चलाउँदा लामो ग्यरले बारबार बदल्नु पर्दा समस्या झन बढ्छ।

केही प्राविधिकहरूका अनुसार गाडीलाई हलुका बनाउनका लागि कम्पनीले स्वर कम गर्ने साधन पनि घटाएको छ। जसका कारण स्विटमा धेरै माध्यमा ध्वनि प्रदूषण उत्पन्न हुन्छ। आइ आरपिएममा अत्यान्तै ध्वति प्रदूषण हुन्छ र भाइब्रेसन पनि महसुस हुन्छ। अत्याधिक ध्वनि र धेरै खटखट गर्ने इन्जिन अविश्वनीय हुन्छन्। र यस्ता इन्जिन भएका गाडीबाट टाढै बस्नु राम्रो मानिन्छ।

कतिपय ग्राहकहरूले रेनोल्डको गाडीमा दिइने सुरक्षा फिचरमा पनि पक्षपाति रहेको आरोप लगाउँछन्। उनीहरूका अनुसार रेनोल्डले दक्षिण अमेरिकामा बच्ने मोडेल र नेपालमा बेच्ने मोडेलका क्विड फरकफरक सुरक्षा फिचारका रहेका हुन्छन्।

दक्षिण अमेरिकामा प्रयोग हुने यी गाडीमा अत्याधिक सुरक्षा विशेषता समावेश हुन्छने अन्य ठाउँमा पठाउने गाडीमा त्यस्तो सुरक्षा विशेषता हुँदैन। कतिपय ग्राहकहरूले यस्तो नीतिको विरोध गर्दै प्रश्न गर्ने गरेका छन्- 'हाम्रा देशवासीको जीवन रेनोल्ड कम्पनीलाई सस्तो लाग्छ?'

रेनोल्ड

विशेष